Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

किन रद्द गरियो गगन थापाको जनकपुर सभा ?

नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगन थापा जनकपुर आउने कार्यक्रम रद्द गरिएको छ । निर्वाचन आयोगले आचारसंहिता लागु भइसकेको अवस्थामा सभाका निम्ति अनुमति नदिएपछि उक्त कार्यक्रम रद्द गरिएको हो

कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा विशाल सभा गर्ने तयारी गरेको थियो । सभामा सभापति थापाले विशेष सम्बोधन गरेर राष्ट्रिय रूपमा निर्वाचन प्रचारप्रसार गर्ने कांग्रेसको तयारी थियो ।

कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगन गरिएको हो ।