नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको भाउमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनचाँदीको भाउले आइतरबार पनि निरन्तरता पाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावल सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँ बढेको हो । यस्तै आइतबार चाँदीको भाउ पनि तोलामा रुपैयाँले २९० महङ्गिएको महासंघले जनाएको छ ।
माघ ११ गते आइतबार छापावाल सुनको भाउ तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ६ हजार ४८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसदिन प्रतिदशग्राम छापावाल सुनको भाउ २ लााख ६० हजार ४६० रुपैयाँ र सोही परिमाणको चाँदीको भाउ ५ हजार ५५५ रुपैयाँ ५० पैसा तोकिएको छ ।
शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्यले कीर्तिमान भाउ कायम गर्दै तोलाको ३ लाख १ हजार ४०० रुपैयाँ र चाँदीको मोल ६ हजार १९० रुपैयाँ पुगेको थियो । उक्त दिन बिहीबारको तुलनामा आज प्रतितोला सुन ९ हजार २०० रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हो ।