Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु

सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।  धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । 

काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।