Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको २९ सयले घटेर तोलाको २ लाख ९२ हजार २०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार  सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ५८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५९२० रुपैयाँमा कारोबार भएको थियो ।