फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता गरिएको छ ।
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उमेदवारले उमेदवारी दर्ता गराएका छन् ।
यसमा राजनीतिक दलको तर्फबाट २३५ र स्वतन्त्रबाट १६० महिला उमेदवारले मनोनयन दर्ता गराएका छन् ।