Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, तोलामै १० हजार ४ सयले बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबारमा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ ।  यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ ।  मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।