Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

काठमाडौं ३ बाट कुलमान घिसिङले गराए उम्मेदवारी दर्ता

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् । नागरिक सरकारका मन्त्री कुलमान राजनीतिक गतिविधिमा लागेको भन्दै आलोचना समेत भइरहेको थियो ।

यहीबिचमा उनले बुधबार राति पदबाट राजीनामा दिएका थिए ।