Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टिपर दुर्घटना हुँदा एकको मृत्यु

तनहुँ शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकमा आज बिहान टिपर दुर्घटना हुँदा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटका ४२ वर्षीय टिपर चालक रामबहादुर गुरुङको मृत्यु भएको छ ।

कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको गिटी बोकेको टिपर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक घाइते भएका थिए । उनको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा बिहान १०ः५६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए ।