Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले बढेर तोलाको ५८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५६२५ रुपैयाँमा कारोबार भएको थियो ।