Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूले कार्यकाल पूरा नहुदै छोड्नु लोकतान्तिक मान्यता विपरित: विद्या भट्टराई

नेकपा एमालेकी नेतृ विद्या भट्टराईले स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूको कार्यकाल पूरा नहुँदै राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवारी दिनु लोकतान्त्रको मुल्य मान्यता विपरित भएको बताएकी छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले प्रतिनिधिसभा सदस्यहरूले पनि पाँच वर्षका लागि शपथ लिए पनि विभिन्न कारणले कार्यकाल पूरा गर्न नसकेको उल्लेख गर्दै कम्तीमा पाँच बर्षको कार्यकाल सुरक्षित रहेका स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल पूरा गर्नुपर्नेमा जोड दिएकी हुन् । 

उनले भनेकी छन्- 'प्रतिनिधि सभाका सदस्यहरूले त पाँच बर्षका लागि शपथ लिए पनि कार्यकाल पुरा गर्न पाएनन् । स्थानिय तह त पाँच बर्षका लागि सुरक्षित छ नि, तरपनि आफ्नो कार्यकाल पुरा नहुदै धमाधम राजिनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिनु लोकतान्त्रिक मुल्य, विधि र मान्यता विपरीत होइन र ?' 

उनले लोकतन्त्र नारा मात्र होइन व्यबहार पनि हो भन्दै त्यो व्यबहार आफैबाट प्रस्तुत गर्नुपर्ने बताएकी छन् ।