Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

आज पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको ६ सयले बढेर तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ७७ हजार २ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ५६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५६४५ रुपैयाँमा कारोबार भएको थियो ।