नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ४ अंकले घटेर २७२४.०३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४२ कम्पनिका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ मा कारोबार भएको थियो ।
आज म्युचुअल फण्ड, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १०.६६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २५ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने सिटी होटल्सको २४ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।