Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गगन नेतृत्वको काँग्रेससँग निर्वाचन आयोगको छलफल जारी

गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुगेको छ ।

आयोगले पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाए अनुसार उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग पुगेका हुन् । पदाधिकारीसहितका नेताहरु आयोगका पदाधिकारीसँग छलफल गरिरहेको बेला अन्य नेताहरुले भने आयोगको प्राङ्गणमा धर्ना दिएका छन् । 

यसअघि आजै कांग्रेसको देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर पदाधिकारी भेट्दै विशेष महाधिवेशन अवैधानिक भएको र आफुहरुनै आधिकारिक भएको दाबी पेश गरेका थिए ।

काँग्रेसमा दुई पक्षबीच आधिकारिकता विवाद भएपछि आयोगले छलफल अगाडि बढाएर छिटै निर्णय लिने संकेत दिएको छ ।