Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताकाे अन्तिम कारोबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ६४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।