Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भुजुङ हाइड्रोपावरको आईपीओ माघ १२ देखि खुल्दै

भुजुङ्ग हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ । यसमध्ये यसअघि आयोजना प्रभावित स्थानीयवासीका लागि १० लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख कित्ता सेयर निष्कासन गरिसकिएको छ ।

त्यसैगरी, कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर सुरक्षित गरेको छ । बाँकी ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागिएको हो, जसको कुल मूल्य ८ करोड ३० लाख रुपैयाँ बराबर हुन्छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा मागअनुसार आवेदन नपरेमा माघ २६ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आश्वा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।