Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

विप्लव र मिराज ढुंगानाबिच भएको ४ बुँदे सहमतिमा के-के छ ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच ४ बुँदे सहमति भएको छ । बिहीबार माइतीघरमा यी दुई पक्षबिच सहमति भएको हो । 

विप्लव र ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने माग समेटिएको छ । 

त्यस्तै जेनजी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने पनि पत्रमा समावेश गरिएकाे छ ।

d5728b4c-dc71-41d1-a14a-415e80daa2d3_bBPC8BSlYN.jpg