प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बुधबार बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बसेको सभाले विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ । यस्तै, बैंकको सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्षको एकीकृत (Consolidated) वित्तीय विवरण पनि सभाले स्वीकृत गरेको छ ।
हाल प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, २६९ एटीएम र ६८ एक्स्टेन्सन काउन्टरमार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साधारण सभाको अवसरमा बैंकले आफ्ना सेयरधनी, सञ्चारकर्मी तथा सरोकारवाला सबैमा धन्यवाद समेत व्यक्त गरेको छ ।