Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ । यो वर्ष बैंकले शेयरधनीलाई कुनैपनि लाभांश भने वितरण गरेन ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझ सरल, सुलभ र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

बैंकले हाल देशभर रहेका ३०२ शाखा, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईमार्फत अत्याधुनिक सेवा दिँदै आएको छ ।