गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार) कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको हो।
उनी विशेष महाधिवेशनका अभियानकर्ता पनि थिए। चालिसे १४औं महाधिवेशनमा सहमहामन्त्री पराजित समेत भएका थिए।