Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७८ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले घटेर तोलाको ५४८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५६५५ रुपैयाँमा कारोबार भएको थियो ।