नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापालाई भावि प्रधानमन्त्री घोषणा गर्न सम्भव नहुने बताएका छन् । बुधबार बस्नेतले पत्रकारहरूसँग कुरा गर्दै यस्ताे बताएका हुन् ।
बस्नेतले भने, ‘प्रधानमन्त्री बन्न पार्टीको विधानअनुसार दलभित्र बहुमत कायम हुनुपर्छ । देशभरिका सदस्यबाट मत जित्नुपर्छ । कसैले चाहेर मात्र हुन्छ?’
उनले गगन थापाले चुनाव लड्ने क्षेत्रसमेत स्पष्ट नभएको बताएका छन् । उनले भने ‘उहाँलाई सोध्नुस् त कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ, उहाँले जवाफ दिन सक्नुहुन्न अनि अहिल्यै प्रधानमन्त्री ग्यारेन्टी गर्नुपर्ने ?’
‘उधारो प्रधानमन्त्रीको कुरा गरिएको छ । जसलाई प्रधानमन्त्री बनाउने भनियो, उही चुनाव हार्यो भने के गर्ने ? यति परिपक्व नेताले यस्तो हावादारी कुरा गर्न मिलेन, 'उनले भने'।
सभापति शेर बहादुर देउवाले समेत यो त मबाट सम्भव छैन भन्नुभयो । चुनाव त जित्नुपर्ला नि ! उनले थपे' ।