Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा आज मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित गरिएको छ।

पारित प्रस्तावअनुसार कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर तथा ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरिनेछ। साधारण सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको छ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कायम शेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्न सक्नेछन्।