नेपालमा इन्फिनिक्सले आफ्नो नयाँ ट्याब्लेट एक्स प्याड २० प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ। एक्स प्याड २० प्रो मा १२ इन्चको टु के डिस्प्ले र ९० हर्ज रिफ्रेस रेट रहेको छ ।
एक्स प्याड २० मा इनबिल्ट ४जी सपोर्ट भएकाले वाइफाई बिना पनि इन्टरनेट चलाउन सकिन्छ ।
यस ट्याब्लेटमा हेलियो जी१०० अल्टिमेट प्रोसेसर जडान गरिएको छ, जसले गर्दा एकैचोटि धेरै काम गर्न सकिनुका साथै भिडिओ हेर्दा, पढ्दा वा गेम खेल्दा स्क्रिन स्मुथ र क्लियर देखिन्छ ।
एक्स प्याड २० प्रो मा इन्फिनिक्स एआई पनि दिइएको छ। यसले लेख्न सहयोग गर्ने, अनुवाद गर्ने, लामो सामग्री छोट्याएर देखाउनेजस्ता स्मार्ट कामहरू सजिलै गर्न सकिन्छ । यधपी यस ट्याब्लेटमा ४-स्पिकर सिम्फनी सिस्टम जडान गरिएको छ, जसले चलचित्र, गेम र संगीतका लागि वास्तविक ३६०-डिग्री साउन्ड प्रदान गर्दछ।
यस्तै एक्स प्याडमा ४ जिबी ऱ्यामं १२८ जिबी स्टोरेजको मूल्य २६ हजार ९९९ रूपैयाँ र ८ जिबी ऱ्याम र २५६ जिबी स्टोरेजको मूल्य ३१ हजार ९९९ रूपैयाँ तोकिएको कम्पनिले जनाएकाे छ ।