Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ९९ करोडको कारोबार

नेप्से आज सामान्य बढेको छ । मंगलबार नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ मा कारोबार भएको थियो ।

आज बैंकिङ, फाइनान्स, होटल्स, जीवन वीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने दोर्दी खोला हाइड्रोको शेयर ९.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज रसुवागढी हाइड्रोको शेयर सबैभन्दा बढी ६.०९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी  राढ़ी जलविद्युतको ५४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।