Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २८ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २१० रुपैयाँले बढेर तोलाको ४९९० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४७८० रुपैयाँमा कारोबार भएको थियो ।