Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुन तोलाको २१ सयले बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २१ सयले बढेर तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४७८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८३५ रुपैयाँमा कारोबार भएको थियो ।