Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

धनुषा–सिरहा जोड्ने कमला नदीको पुल पुनर्निर्माण तीव्र (तस्बिर)

धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमाथिको पुल पुनर्निर्माणको काम तीव्र रूपमा अगाडि बढाइएको छ। करिब १३ वर्षअघि सुरु भएको उक्त पुल निर्माण अन्तिम चरणमा पुगेकै बेला विसं २०७८ असारमा आएको बाढीले पुलका दुई वटा पिल्लर भासिएपछि निर्माण कार्य ठप्प भएको थियो।

BN_KTM_IMG_2469.jpg

हाल भासिएका पिल्लर मर्मत तथा संरचनात्मक मजबुतीकरणको काम भइरहेको छ। हुलाकी राजमार्गको मेरुदण्डका रूपमा रहेको यस पुल लामो समयसम्म सञ्चालनमा नआउँदा दुवै जिल्लाका नागरिकले दैनिक आवतजावतमा ठूलो सास्ती भोग्नुपरेको छ।

BN_KTM_IMG_2480.jpg

स्थानीयवासीका अनुसार पुल नबन्दा आवतजावतका लागि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने, बर्खायाममा नदी तर्न जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था थियो। पुनर्निर्माण कार्य तीव्र बनेसँगै अब चाँडै पुल सञ्चालनमा आउने आशा पलाएको छ।

BN_KTM_IMG_2485.jpg

BN_KTM_IMG_2483.jpg

तस्बिरः विष्णु नेपाल