निर्वाचन क्षेत्रीय कमिटीको बैठकले गुल्मी-२ मा एमालेको क्षेत्रीय कमिटीबाट एकल सिफारिस भएका उपाध्यक्ष गोकर्ण विष्टमाथि जिल्ला कमिटीले ४ जना थपिदिएकाे छ । उक्त बैठकले गरेको सिफारिसमा ४ जनाको नाम थपेर जिल्लाले केन्द्रमा पठाएको हो ।
पहिलो नम्बरमा भने गोकर्ण नै छन् । जिल्ला कमिटीका अध्यक्ष बालसिंह काउछाले बुधबार थप आकांक्षीसहितको नामसहित पठाएको सिफारिस पत्र अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा दर्ता भएको हाे ।
यधपी सिफारिस हुनेमा नेतृ रामकुमारी झाँक्री, प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, डा. नागेन्द्रबहादुर अर्याल र कृष्ण आचार्य हुन् । झाँक्रीलाई भने एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाइसकेको एमाले स्राेतले बताएकाे छ ।