Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेप्से सामान्य अंकले बढ्याे, काराेबार रकम भने घट्याे

साताको अन्तिम कारोबारकाे दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको हो। 

बिहीबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। बिहीबार चार अर्ब ९० करोडकाे बाराेबार भएको छ।

यसदिन ३२८ वटा धितोपत्रको एक करोड चार लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच भएको छ ।

यसदिन १२९ कम्पनीको सेयरमूल्य बढ्याे ११५ वटाको घट्याे भने १५ कम्पनीकाे स्थिर छन्।

यसदिन सान्भी इनर्जीको मूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७९५ रूपैयाँ पुगेको छ भने सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बन्दीपुर केबलकार रहेको छ। उक्त कम्पनीको ८३३ रूपैयाँमा १७ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको छ।