Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

एक नाबालिगसहित पाँच जना पक्राउ

खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।

अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।