Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ६७ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ४९३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।