Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सिनामंगलस्थित काठ गोदामको आगलागी नियन्त्रणमा

काठमाडौँको सिनामंगलस्थित काठको गोदाम भएको घरमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ । 

प्रहरीका अनुसार निजी काठ गोदाम रहेको घरमा आगलागी भएको अहिले आगलागी नियन्त्रणमा आएको जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मीसहित स्थानीयको टोलीले आगो निभाएका थिए । 

गोदाम ईश्वरबहादुर कार्कीको रहेको र आगलागीको कारण भने र क्षति बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।