Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

२६४९ विन्दुमा नेप्से, सात अर्ब बढीको काराेबार

मंगलबार पनि नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हाे ।

आज सात अर्ब १२ करोड रूपैयाँकाे काराेबार भएकाे छ । आज ३३४ वटा धितोपत्रको एक करोड ४८ लाख ३१ हजार २४८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १४८ कम्पनीको सेयरमूल्य बढ्याे १०३ को घट्याे भने आठ कम्पनीकाे सेयर मूल्य स्थिर रह्याे ।

आज जीवन विकास लघुवित्तको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४५६ रूपैयाँ पुगेको छ।

यस्तै, थ्री स्टार हइड्रोपावरको मूल्य ९.५४ प्रतिशतले बढेको छ भने प्रतिकित्ता मूल्य ७८२ रूपैयाँ पुगेको छ। आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता एक हजार तीन सय रूपैयाँमा २४ करोड ८८ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४३ प्रतिशतले बढी हाे ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।