लायन्स क्लब अफ बर्दिबास समाजले शीतलहरबाट प्रभावित दलित बस्तीका एकल महिला र वृद्धवृद्धालाई डसना प्रदान वितरण गरेको छ ।
समाज आबद्ध लायन्स क्लब अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ९एफ० का गभर्नर केशरबहादुर भण्डारी सहितका लायन्स पदाधिकारीले बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका दलित बस्तीका एकल महिला र वृद्धवृद्धासहित ८० जनालाई एकएक थान डसना प्रदान आज वितरण गरेको हो ।
समाजले बर्दिबास–२, ७, ९, १२ र १४ मा गरी ६० जनालाई र गौशालाका २० जनालाई न्याना कपडा उपलब्ध गराएको लायन्स क्लब अफ बर्दिबास समाजका अध्यक्ष वैकुण्ठ देवकोटाले जानकारी दिए ।