नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतमा झिकाउने आदेश जारी गरेको छ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका पौडेललाई विशेष अदालतमा झिकाउने आदेश जारी गरेको हाे ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई झिकाउने आदेश जारी गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २०८१ वैशाख ९ गते गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । पौडेलबाट अख्तियारले २३ करोड ७५ लाख बिगो मागदाबी गरेको थियो । आम्दानीको तुलनामा अस्वाभाविक रुपले कमाएकाे सम्पत्ति भएकाे समेत अख्तियारले निष्कर्ष निकालेको छ ।
त्यस्तै उनलाई यसअघि पनि राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतले दोषी ठहर गरेपछि कारागार चलान भएका थिए ।