नुवाकोटस्थित नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहका फौजले प्रयोग गर्ने बारुदखाना अझै संरक्षणकाे पर्खाइमा छ ।
उक्त बारुदखाना नुवाकोटको विदुर नगरपालिका–२ स्थित खण्डहर अवस्थामा रहेको बारुदखाना हाे ।
नेपालकै पहिलो बारुदखानाको रुपमा स्थापित उक्त भवन नेपाली सेनाले वि.सं. २०२८ मा छाडेसँगै संरक्षणको अभावमा जीर्ण हुँदै खण्डहर बनेको हो ।
तस्बिर : रामहरि न्यौपाने