Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल एसबिआई बैंकद्धारा नेपाल बाल संगठन, बाल मन्दिर, नक्साल, काठमाडौंमा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । 

यस किसिमको पहलबाट बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै बालबालिकाहरुको समग्र बिकासमा सहयोग पुर्याउने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनका अध्यक्ष, विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् । 

सो कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, बैंकका संचालक, रितेश सिन्हा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य र बैंक तथा संस्थाका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।