Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुन तोलाको ३१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनचाँदी मुल्य आजपनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको २ लाख ६५ हजारमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९५ रुपैयाँले बढेर ४८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार चाँदी तोलाको ४६८५ मा कारोबार भएको थियो ।