सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
आज ६ अर्ब ४७ करोड रूपैयाँकाे बाराेबार भएकाे छ ।
सोमबार २१४ कम्पनीको सेयरमूल्य बढ्याे ३७ वटाको घट्याे भने आठ कम्पनीकाे स्थिर रहेका छन् ।
यसदिन ३३५ वटा धितोपत्रको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भएको हो।
त्यस्तै आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बन्दीपुर केबलकार रहेको छ। उक्त कम्पनीको ८९८ रूपैयाँ ७० पैसामा २० करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।