नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ ।
भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयूभीलाई बजारमा उतारिएको कम्पनीले जनाएको छ । नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन् । यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवारनेस र सुरक्षाका लागि लेभल–२ एडीएएस प्रणालीले सुसज्जित छ ।
अत्याधुनिक सेफ्टी फिचर्स, रोड अवारनेस र मजबुत सुपेरियर बुइल्ड क्यालिटीका कारण सो गाडीले ग्लोबल एनक्यापबाट ५ स्टार रेटिङ हासिल गर्न सफल भएको छ । ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको छ। आफ्नो दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो एसयूभीले प्रतिष्ठित 'इन्डियन कार अफ द इयर २०२५' को अवार्ड समेत जित्न सफल भएको छ ।

कम्पनीले गाडीको लन्चिङ अफर मूल्य मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। साथै, लन्चिङ अफर र मूल्य अन्तर्गत ग्राहकहरूका लागि नेपाली रुपैयाँ २ लाख सम्म सम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि तथा पहिलो ५० बुकिङको लागि उपलब्ध गराइने सीजी मोटोकर्पले जनाएको छ ।
सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण कुमार चौधरीले भने, 'आजका आधुनिक नेपाली ग्राहकहरू प्रविधिमैत्री र वातावरणीय रूपमा निकै जिम्मेवार छन्। उनीहरूको सोही आकांक्षा र आवश्यकतालाई पूरा गर्न हामीले नेपाली बजारमा भिक्टोरिस सार्वजनिक गरेका हौं। ल्याटिन भाषामा भिक्टोरिसको अर्थको अर्थ 'विजय’ हुन्छ। हामी पूर्ण विश्वस्त छौं कि यसको ५ स्टार सुरक्षा र अत्याधुनिक सुविधाहरूले नेपाली ग्राहकको मन जित्नेछ ।’