नेपाल बैंक लिमिटेड र काठमाडौँको चावहिलमा रहेकाे मेडिकेयर हस्पिटल लिमिटेडबीच स्वास्थ्य सेवामा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रम आयोजना गर्दै दुई संस्थाबिच उपचार शुल्कमा सहुलियत दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र हस्पिटलको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी, बैंकबाट पेन्सन बुझ्ने ग्राहक, क्रेडिट कार्ड होल्डर उनीहरूका परिवार र बैंकका अवकाश प्राप्त कर्मचारीले यस अस्पतालमा उपचार गराउँदा कुल बिल रकममा विशेष छुट पाउनेछन्।