एनआइसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
बैंकले हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकलाई अनुरोध गर्दै पत्राचार गरेको हाे ।
उक्त बैंकको १४ अर्ब ९१ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ। यस अनुसार बैंकले सात अर्ब ४५ करोड रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने नेप्से मार्फत सार्वजनिक गरेको छ।