साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।