Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एलजीले गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

एलजी नेपालले भारतको वानखेड़े स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने T20 विश्वकप यात्राको पहिलो चरणका विजेता घोषणा गरेको छ।

एलजी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई उपभोक्तासँग जोड्ने उद्देश्यले यही मंसिर २९ गतेदेखि आकर्षक उपभोक्ता क्याम्पेन सार्वजनिक गरेको थियो। भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि सुरु हुने T20 विश्वकप क्रिकेटलाई लक्षित गरी ल्याइएको यस क्याम्पेनअन्तर्गत पहिलो चरणका चार जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

नेपालभर लागू गरिएको यस विशेष योजनाअन्तर्गत पहिलो चरणका विजेतामा काठमाडौं इमाडोल निवासी उसन प्रधंगना (सीजी डिजिटल इमाडोलबाट वासिङ मेसिन खरिद), बुटवल निवासी शिव आचार्य (भाटभटेनी बुटवलबाट टिभी खरिद), काठमाडौं नैकाप निवासी प्रवाश ढुंगाना (कलंकी टिभी हाउसबाट टिभी खरिद) र पोखरा निवासी विनोद सापकोटा (न्यु साउण्ड एण्ड भिजन पोखराबाट वासिङ मेसिन खरिद) रहेका छन्।

यस क्याम्पेनअन्तर्गत एलजीका कुनै पनि उत्पादन खरिद गर्ने ग्राहकले वानखेड़े स्टेडियम, मुम्बईमा नेपाल टोलीको एक खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। नेपालका पहिलो चरणका सबै खेल मुम्बईमै आयोजना हुने छन्।

एलजी नेपालले विजेताहरूका लागि ४ रात ५ दिनको मुम्बई यात्रा, खेल प्रत्यक्ष अवलोकनसहित सम्पूर्ण खर्च कम्पनीले नै बेहोर्ने जानकारी दिएको छ। यसले क्रिकेटप्रेमी ग्राहकहरूका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

क्याम्पेनमा सहभागी हुन एलजीको उत्पादन खरिदपछि SMS गर्नुपर्नेछ।

SMS गर्ने तरिका:
Type: LG [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address
SMS पठाउने नम्बर: 31003

सीमित अवधिका लागि नेपालभर लागू गरिएको यस योजनामा अझै पनि जित्ने मौका बाँकी रहेको एलजी नेपालले जनाएको छ। कम्पनीले नजिकको आधिकारिक बिक्रेताबाट एलजीका उत्पादन खरिद गरी SMS पठाएर यस आकर्षक योजनामा सहभागी हुन उपभोक्तालाई आग्रह गरेको छ।

Hurry up! LG को उत्पादन खरिद गर्नुहोस्, SMS गर्नुहोस् र अर्को विजेता बन्ने अवसर नछुटाउनुहोस्।