Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

परिचयपत्रको आधारमा नेपालकै नं. १ अथर इलेक्ट्रिक स्कुटर आफ्नो बनाउन पाउने

नेपालकै नं. १ इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले स्वामित्व प्रक्रियालाई अत्यन्तै सरल बनाउँदै केवल मान्य परिचयपत्रको आधारमा स्कुटर खरिद गर्न सकिने नयाँ वित्तीय योजना सार्वजनिक गरेको छ। अब कुनै अतिरिक्त वित्तीय कागजात बिना नै मासिक NPR 6,058 बाट सुरु हुने EMI मार्फत प्रिमियम इलेक्ट्रिक स्कुटर किन्न सकिने भएपछि EV स्वामित्व नेपाली उपभोक्ताका लागि झनै सहज भएको छ।

यो परिचयपत्र–आधारित वित्तीय योजनाले इलेक्ट्रिक सवारीसाधन खरिदमा देखिँदै आएका प्रक्रियागत झन्झट र पहुँचका अवरोधहरू हटाउँदै स्मार्ट र दिगो मोबिलिटीलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्य राखेको Ather ले जनाएको छ। विशेषगरी युवा पुस्ता, पहिलो पटक EV किन्न चाहने तथा सहज किस्तामा प्रिमियम स्कुटर खोजिरहेका ग्राहकका लागि यो योजना प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रविधि, प्रदर्शन र उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित रहँदै Ather ले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारमा अग्रणी स्थान बनाएको छ। बढ्दो ग्राहक मागलाई सम्बोधन गर्न कम्पनीले देशभर अनुभव केन्द्र, सेवा नेटवर्क र चार्जिङ पूर्वाधार विस्तार गर्दै आएको छ। हाल Ather का काठमाडौं उपत्यका र प्रमुख सहरहरूमा Experience Center, Test Ride सुविधा, अधिकृत सेवा केन्द्र तथा फास्ट चार्जिङ ग्रिड सञ्चालनमा छन्।

स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने क्षमता, ओभर–द–एयर सफ्टवेयर अपडेट र आरामदायी तथा शक्तिशाली राइडिङ अनुभवका कारण Ather नेपाली बजारमा विश्वासिलो प्रिमियम इलेक्ट्रिक स्कुटरको रूपमा स्थापित हुँदै गएको छ।

यस नयाँ वित्तीय पहलमार्फत उन्नत प्रविधि, सजिलो स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकैसाथ अघि सार्दै नेपालमा इलेक्ट्रिक सवारीसाधनको प्रयोग तीव्र बनाउने Ather को दीर्घकालीन प्रतिबद्धता थप स्पष्ट भएको छ।