Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् ।

पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनीहरूबीच भेट भएको थियो । उक्त भेटपछि पनि सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले पनि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग अधिवेशनको तयारीका सम्बन्धमा छलफल गरेका छन् ।

मन्त्रिपरिषद्को बैठक बिहीबार बस्दैछ भने बिहीबार नै यो विषयमा पनि मन्त्रिपरिषद्का छलफल हुन सक्ने छ ।