राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह परिवर्तनको झिल्को भएकाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको बताएका छन् । मंगलबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् ।
लामिछानेले भने ‘काठमाडौँको मेयरका रूपमा बालेन शाहको उदय पछाडि परिवर्तनको झिल्को बलेको हो नि त, यसलाई राँकोको रूप दिँदै छौँ हामी, ‘युवाहरूले सर्वाधिक बढी रुचाएको व्यक्तिका रूपमा पनि अहिले हामीले सहकार्य गर्दाखेरि प्रधानमन्त्रीको दाबेदार नै बालेन शाह हुन् ।
उनले बालेनको उदय नै नेपालमा राजनीतिक परिवर्तनको मुख्य झिल्को भएकाे र युवापुस्ताले समेत वालेनलाई विस्वास गरेकाे बताएका छन् ।
त्यस्तै उनले चुनावी भागबण्डाबारे पनि जिम्मेवारी बाँडफाँट गरिएको बताए ।