Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एक भए राप्रपा र राप्रपा नेपाल

आज राप्रपा र राप्रपा नेपालबीच एकता भएको छ । आज बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा आयोजित एकता घोषणा समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

पार्टी एकतापछि पार्टीको नाम राप्रपा नै रहनेछ । गत बुधबार दुवै दल एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए । 

अहिले समारोहमा नेताहरुले सम्बोधनको क्रम जारी रहेको छ ।