नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० र सोमबार २ लाख ७० हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ पुगेको चाँदी बुधवार घटेर ४ हजार ४७० रुपैयाँ कायम महासंघले जनाएको छ ।