Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा.महेन्द्र लावतीको असहमति

उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगकोमा बुझाएको समानुपातिक तर्फका बन्द सूचिमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् ।

उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको विषयमा आफूहरूसँग सल्लाह नगरिएको भन्दै समानुपातिक सूचीमा आफ्नो नाम राखिएकोमा असहमति जनाएका हुन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्द समानुपातिक उम्मेदवारको सूचीमा आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औँ नम्बर लावतीको नाम रहेको छ।

डा. लावतीले उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा एकता भएको समाचार थाहा पाएको बताए ।

‘एकता भएको समाचारमा थाहा पायौँ। त्यसपछि हाम्रा मुद्दा के भए भनेर सोध्दा घोषणा पत्रमा आउँछ भन्नु भएको छ । हामी के लेखिन्छ भनेर पर्खिएर बसेका छौँ ।’ उनले भने ।